कोरोनाबाट ८ जनाको मृत्यु, काठमाडौँ उपत्यकामा थपिए ७२४ संक्रमित

काठमाडौ, असोज १० ।  पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । यसैबीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना स।क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका सोही अवधीमा १ हजार १४७ सोही अवधीमा संक्रमित निको भएर घर फर्किएका छन् ।
कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । ५३ हजार १३ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्