आइपिएलः पञ्जाबमाथि राजस्थानको कीर्तिमानी जित

काठमाडौं, असोज १२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति शारजाहमा भएको खेलमा राजस्थान रोयल्सले कीर्तिमानी जित दर्ता गरेको छ ।

२२४ रनको कीर्तिमानी लक्ष्य पूरा गरेर राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई चार विकेटले पराजित गरेको हो ।

सन्जु सामसनलको ८५, राहुल तेवतियाको ५३ तथा कप्तान स्टीभन स्मिथको ५० रनको सहयोगमा राजस्थानले १९ ओभर तीन बलमा २२६ रन बनाएर जित निकालेको हो ।

पहिले ब्याटिङ्ग गरेको पञ्जाब मात्रै दुई विकेटको क्षतिमा २२३ रन बनाएर पनि हारबाट जोगिन सकेन । पञ्जाबका लागि मयंक अग्रवालले १०६ तथा कप्तान केएल राहुलले ६९ रनको योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्