आईपीएलमा आज दिल्ली क्यापिटल्सले तेस्रो खेल खेल्दै, सन्दीप खेल्ने सम्भावना कति?

आईपीएलमा आज दिल्ली क्यापिटल्सले तेस्रो खेल खेल्दै, सन्दीप खेल्ने सम्भावना कतिरुकाठमाडौं, असोज १३ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सले तेस्रो खेल खेल्दै छ। यो नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम हो ।

आईपीएलको ११औँ खेलमा आज दिल्ली र सनराइजर्स हैदरावाद भिड्न लागेका हुन्। खेल, साँझ पौने ८ बजे आवुधावीस्थित शेखजायद स्टेडियममा हुनेछ।अपराजित दिल्ली सोही लयलाई निरन्तरता दिँदै शीर्ष स्थानमा रहन चाहन्छ। उच्च मनोबलमा मैदान उत्रिँदा दिल्ली तेस्रो जितको खोजीमा हुनेछ भने हैदरावाद पहिलो जितको खोजीमा हुनेछ।

यता यसअघिका दुवै खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीप आजको खेलमा पनि सुरुवाती ११ मा पर्ने सम्भावना कम छ।  सन्दीपले पहिलो संस्करण सन् २०१८ मा तीन र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए। पहिलो सिजनमा दिल्लीले लिग चरणबाट बाहिरिएपछि सन्दीपलाइ मौका दिएको थियो।

प्रतिक्रिया दिनुहोस्