आईपीएलमा आज मुबई र पञ्जाब भिड्दै

काठमाडौं, असोज १५ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स इलेभेन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ। आईपीएलको १३औँ खेल आवुधावीमा हुनेछ।१ मा जित र २ मा हार भोगेका दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिनेछन्।

आईपीएलको जारी संस्करणमा दुवै टोलीको ब्याटिङ लाइन राम्रो भए पनि फिल्डिङमा भने चल्नसकेका छैनन्। मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिँदा पञ्जावको कमानी केएल राहुलले गर्नेछन्।

आजको खेलमा मुम्बईले रोहित शर्मासँगै क्विनटन डि कक, सूर्यकुमार यादव, इशान सिंह, किरोन पोलार्ड, हार्दिक पाण्डेय र जसप्रित बुमराहजस्ता खेलाडीलाइ मैदान उतार्ने सम्भावना छ।

यता पञ्जावले मयंक अग्रवाल, करुण नैर, ग्लेन म्याक्सवेल, निकोलस पुरन, जेम्स निसाम, रर्फराज खान र मोहम्मद सामी जस्ता खेलाडीलाइ उतार्ने सम्भावना छ।

पञ्जाव अंकतालिकाको पाँचौँ स्थानमा छ। ३ खेलमा २ मा हार र १ मा जित निकालेको पञ्जावको २ अंक छ। समान अंक भएको मुम्बई छैटौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्