आइपिएल : चेन्नाईमाथि हैदराबादको रोमाञ्चक जित

काठमाडौं, असोज १७ । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको हो।

१६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाएपछि हैदराबादले रोमाञ्चक जित निकालेको हो। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरे पनि हारबाट जोगाउन सकेन। जितसँगै हैदरावादमा चार खेलमा दुई जित र दुई हारसहित चार अंक बटुल्दै अंक तालिकामा चौथो स्थानमा पुगेको छ।

समान अंक रहे पनि मुम्बई, दिल्ली, कोलकाता नेट रन रेटको आधारमा क्रमशः पहिलोदेखि तेस्रो स्थानमा रहेका छन्। राजस्थान र बैंग्लोरको पनि समान चार अंक रहेको छ। हारपछि चेन्नाई भने चार खेलमा मात्र एक जितको साथ दुई अंकसहित पुछारमा रहेको छ।

पन्जाबको पनि समान जित र हारपछि दुई अंक नै रहेको छ। प्रतियोगिता अन्तर्गत शनिबार दुईवटा खेल हुने छन्। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स दिउँसो पौने ४ बजे भिड्दा तथा दोस्रो खेलमा रातित पौने ८ बजे दिल्ली क्यापिटलस र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्