कांग्रेस पदाधिकारी बैठक स्थगित, ७० नेतालाई कोरोना संक्रमण

काठमाडौं , असोज १८ । आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित स्थगित भएको छ । नेताहरुमा कोरोना देखिएपछि कांग्रेसको अहिले बिहान नौ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएको हो ।

१९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरूका स्वकीय सचिव, सुरक्षाकर्मी र कर्मचारी गरेर ७० जनालाई कोरोना देखिएपछि बैठक स्थागित भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै असोज १९ का लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि बस्ने सम्भावना नरहेको बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे शनिबार पनि कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्