कांग्रेस पार्टी कार्यालय ५ दिन बन्द, केन्द्रीय समिति बैठक प्रभावित

काठमाडौं, असोज १८ । नेपाली कांग्रेसको पार्टी कार्यालय ५ दिनको लागि बन्द गरिएको छ । केही केन्द्रीय सदस्य सहित नेताका सहयोगीमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको पार्टी कार्यालय ५ दिनको लागि बन्द गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार एक सूचना प्रकाशित गरी असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द गरिएको जानकारी गराएका हुन ।१५ गते गरिएको पीसीआर परीक्षणमा गगन थापा, अर्जुन नरसिंह केसी लगायतका केन्द्रीय सदस्यलाई कारोना पुष्टि भएको थियो ।

केन्द्रीय कार्यालय बन्द भएपछि भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक प्रभावित हुने भएको छ । दिउँसोसम्ममा बैठक स्थगित हुने सम्भावना रहेको एक नेताले बताए ।

महाधिवेशन तालिकाको बारेमा छलफल गर्न भोलिका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । केन्द्रीय सदस्यहरुमा कोरोना पोजिटिभ देखिएपछि सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकपनि प्रभावित हुने सम्भावना बढेको छ।

केन्द्रीय कार्यसमितिको बैठकबाट आसन्न महाधिवेशन पूर्व सम्पन्न गर्नुपर्ने कामबारे कार्यतालिकामाथि छलफल गर्ने कांग्रेसको तयारी थियो।

प्रतिक्रिया दिनुहोस्