एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना

काठमाडौं , असोज १८ । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड ९पहिले एनसेल प्राइभेट लिमिटेड० ले दसैं, तिहार र छठ पर्वका अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ ।

यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विशेषताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार ९असोज १८० देखि लागु भई आठ साता अर्थात मंसिर १३ सम्म कायम रहने कम्पनीले जनाएको छ ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्नयोग्य हुनेछन् ।

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स, सातजना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा दुईजना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० छन् ।

एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाबारे उत्साह साट्दै भने, ुचाडपर्वको सुरुवातसँगै यो वर्षको सबैभन्दा रमाइलो समयको आगमन भएको छ । यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकाले चाडपर्व अझ विशेष हुनेछ जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रही रहनु अझ महत्त्वपूर्ण हुन्छ । यही कारणले गर्दा हाम्रा ग्राहकलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाइलो बनाउनेमा हामी विश्वस्त छौं ।ु

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ । दैनिक उपहारअन्तर्गत ग्राहकले २०० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहनेछ । उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् ।

साप्ताहिक उपहारमा साताभर धेरै कुरा गर्ने ग्राहकमध्ये सातै प्रदेशका १र१ जना गरी सात भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम ०१ एस ह्यान्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन् । त्यसैगरी यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० छ ।

यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । साप्ताहिक चक्र आइतबार सुरु भई शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणीकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्