गीत गाउनमै ब्यस्त गायिका सुनिता बुढा क्षेत्री, ‘एक्लो सिमल’ बजारमा (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं , असोज २० । पछिल्लो समय एकपछि अर्को गीतमा आवाज दिएर दर्शकको मनमा बस्न सफल भएकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री यति बेला गीत गाउनमा निकै ब्यस्त छिन् । केहि समय अगाडि सुर्खेतमा रहेर चर्चामा रहकी गायिका सुनिता बुढा क्षेत्री अहिले भने काठमाडौंका स्टुडियोमा गीत गाउन नै ब्यस्त छिन् ।

उनका गीतहरु एकपछि अर्को हुँदै बजारमा धमाधम आइरहेका छन् । भर्खेरै मात्र सुनिता बुढा क्षेत्रीको कर्णप्रिय स्वरमा सजिएको बहु प्रतिक्षीत गीत ‘एक्लो सिमल’ बजारमा आएको छ । जुन गीत बजारमा आउनु भन्दा अगाडि टिकटकमा निकै भाइरल भएको थियो । गीतमा क्षेत्रीको निकै मन छुन स्वर छ भने शब्द पनि त्यतिकै मिठा रहेका छन् । गीत बजारमा आएसँगै दर्शक स्रोताले निकै रुचाएका छन् । गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेर बजारमा आएको छ ।

गीतमा सर्जक तथा सङ्गीतकार वसन्त थापाको सङ्गीत, नवराज पन्तको शब्द र तारानाथ आचार्यको एरेञ्ज रहेको छ भने सुस्मीता भण्डारी र समीर मल्लले अभिनय गरेका छन् ।विनोद खड्काको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको उक्त गीतमा सङ्गीतकार वसन्त थापाकै निर्देशन रहेको छ ।

गीत वसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसैबीच गायिका सुनिता बुढा क्षेत्रीका थुर्पै गीत बजारमा आउने क्रमै रहेका छन् । साथै उनका दर्शैका गीत पनि आउने क्रमै रहेको उनले बताएकी छन् । आफ्ना गीतलाई माया गरिदिन पनि उनले आग्र गरेकी छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्