प्रभु डिजिटल अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने

काठमाडौँ, असोज २३ । प्रभु ग्रुप अन्तर्गतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ ।हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो ।

यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संशोधन गरिसकेको छ ।नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ ।

प्रभु ग्रुप अन्तर्गतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभीरओटिटि सेवा समेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्