आइपिएलमा कोलकोतामाथि बैंगलोरको फराकिलो जित

काठमाडौं, असोज २७ । इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्समाथि फराकिलो जित निकालेको छ । सारजाहमा गएराति भएको खेलमा कोलकत्तालाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै ११२ रन मात्र बनाएपछि खेल ८२ रनले गुमाएको हो । कोलकोताका लागि शुभमन गीलले सर्बाधिक ३४ रन बनाए भने आन्द्रे रसेल र राहुल त्रिपाठीले १६र१६ रन बनाएका थिए । कोलकोताका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

५ खेलमा जित निकोलेको बैंगलोर १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी कोलकोताले अहिलेसम्म ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ ।आइपिएलअन्तर्गत आज चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।

प्रतिक्रिया दिनुहोस्