अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड , नेपालमा पनि यस्तै कानुन ल्याउन पर्यो सरकार

काठमाडौं, , असोज २७ । बलात्कारीलाई मृत्युदण्ड दिइने भएको छ । दक्षिण एसियाली मूलुक बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने भएको हो ।

बंगलादेशमा पछिल्लो समय बलात्कारीलाई फाँसी दिइनुपर्ने भन्दै प्रदर्शन चर्किएपछि त्यहाँ बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन लागिएको कानुनमन्त्री अनिसुल हकले बताएका छन्।मंगलबार बलात्कारीलाई मृत्युदण्ड दिइने कानुन ल्याउन राष्ट्रपति अब्दुल हामिदले अध्यादेश जारी गर्ने बताइएको छ।

हालै बंगलादेशमा एक ३७ वर्षकी महिलामाथि सामूहिक बलात्कार भएपछि यहाँ बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने भन्दै हिंस्रक प्रदर्शन चर्किएको छ।बंगलादेशमा हरेकवर्ष हजारभन्दा बढी बलात्कारका घटना प्रहरीमा उजुरी पर्छन्। अधिकारवादी संस्थाका अनुसार बलात्कारमा परेकामध्ये धेरैले समाजबाट बहिष्कारमा पर्ने त्रासका कारण यस विषय खुलाउँदैनन्।

बलात्कारीलाई मृत्युदण्डको सजाय हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन्। यता पछिल्लो समय नेपालमा पनि महिला र किशोरि सामूहिक बलात्कार हुने गरेका छन् । यसरी महिला तथा किशोरी बलात्कारको शिकारमा पर्ने गरेपछि यहाँ पनि बलात्कारीलाई मृत्युदण्ड दिइने कानुन ल्याउन आवाज भने उठीरहेको छ तर यो नेपालको कानुमा भने त्यति सम्भव छैन् । यसको न्युनिकरणका लागि भए पनि ल्याउनै पर्नेमा हरेक नागरिको आवाज सहित आन्दोलन पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्