बाबुरामले लगाएको आरोपको नेकपाद्वारा भर्त्सना, प्रमाण सार्वजनिक गर्न चुनौती

काठमाडौं, असोज २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा। बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका छन् ।नेता डा.बाबुराम भट्टराईले लगाएको आरोपको नेकपाले भर्त्सना गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशुले बुधवार विज्ञप्ति जारी गरी ओली-प्रचण्डले अर्बौं घूस लिएको भनी डा. भट्टराईले लगाएको आरोपको भर्त्सना गरेका हुन् ।नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको बताएका छन् ।उनले त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् ।

‘यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमण्मको खेती मात्र हो भन्ने स्पष्ट नै छ’ श्रेष्ठले भनेका छन् ‘तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ ।’

गत विहिबार गोर्खाको पालुङटार नगरपालिका–६ मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा डा। भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका थिए ।बाबुरामको उक्त भनाइको नेपाली कांग्रेसले पनि विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्