भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो, मृत्यु कति ?

काठमाडौं, असोज २९ । भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ ।
यस्तै कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ भने पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । ८ लाख १३ हजार ३०३ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्