आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो , राजस्थान १३ रनले पराजित

काठमाडौं , असोज २९ । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो ।

पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।यसैबीच आज साँझ हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स एलेभेन पन्जाबबीच प्रतिष्र्धिा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्