थप ३७ सय ४९ मा कोरोना पुष्टि, काठमाडौँमा मात्रै थपिए १९ सय ३५ संक्रमित

काठमाडौं, असोज २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ। संस्थागत आइसोलेसनमा १२ हजार ३३ढ जना रहेका छन्।पछिल्लो २४ घण्टामा थप १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन्।।

आज थप ३ हजार ५६४ जना संक्रमित निको भएका छन्। आजसम्म निको हुनेकमा संख्या ८४ हजार ५१८ रहेका छन्। यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्