देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचार हुँदै , कुन प्रदेशमा कति ?

काठमाडौं, असोज २९ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भेन्टिलेटर र आइसियुमा गरी ३८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

संक्रमितको संख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १७५ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १९ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्