सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं , असोज ३० । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । हिजो (बिहीबार) को तुलनामा आज ९शुक्रबार० तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्