ह्वात्तै बढ्यो संक्रमितको संख्या, ७७ को भेन्टिलेटर र ३१५ जनाको आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, असोज ३० । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ७७ जना भेन्टिलेटरमा र ३१५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७० जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन्। यता पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।

पछिल्लो घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्‍वारेन्टिनमा रहेका छन् ।देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३९२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३९२ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्