नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं , असोज ३० । नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसका लागि नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले अनुमति दिएको छ ।

शुक्रबार राखेपले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । यससँगै नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको नेपाली राष्ट्रिय फुटबल टोली व्यवस्थापक मधुसुदन उपाध्यायले बताए ।

दसैंलगत्तै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए । यसको विषयमा मेडिकल टोलीसँग छलफल भइरहेको उनले जनाए ।

अब मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली बंगलादेश जाने छ । बंगलादेशसँगको खेल भने कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा हुनेछ । फिफाको क्यालेन्डर अनुसार मैत्रीपूर्ण खेलको मिति नोभेम्बर ११ देखि १९ तारिखसम्म रहेकाले बंगलादेशसँगको मैत्रीपूर्ण खेल सोहीबीचमा हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले अब बंगलादेशको मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार्दै बंगलादेश फुटबल संघलाई पत्र पठाउने छ । त्यसपछि बंगलादेश संघले मिति तोक्दै नेपाललाई पुनः पत्र पठाउने छ । त्यसपछि मात्रै दुबै देशको सहमतिमा खेलको अन्तिम मितिको टुंगो लाग्‍ने नेपाली टोली व्यवस्थापक उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्