साहित्य लेखनः उमेर बरदान

काठमाडौँ । दृढ ईच्छा शक्ति भएमा प्रगतिका लागि उमेर बरदान बन्दछ, भन्ने विषयलाई लेखक मीनप्रसाद गौतमले नयाँ आयामबाट स्थापित गर्नुुभएको छ ।

करीब आठ दशक लामो जीवनको भोगाइ र राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका भ्रमणमा सङ्ग्रह गरेका अनुुभवलाई समेटेर कृति प्रकाशन गरी पछिल्लो पुस्ताका लागि उहाँ प्रेरणाको स्रोत बन्नुुभएको छ । विसं १९९२ मा अर्घाखाँचीको खिदिम पोखराथोकमा जन्मनुुभएका गौतमले तीन वर्ष अगाडि ‘आत्मदर्शन कविता सङ्ग्रह’, तथा दुुई वर्ष अगाडि ‘आठ धाम तीर्थ दर्शन’ र ‘राम गीता’ (श्लोकवद्ध) प्रकाशन गर्नुुभएको छ ।
करीब ८५ वर्षिय गौतमले आध्यात्मिक शिक्षाका विभिन्न लेख, रचना तथा पुुस्तकको गहिरो अधययनपश्चात जीवनको आठ दशक पार गरिसकेपछि एकाएक छन्द लेखनको प्रक्रिया सिकेर कृति रचना गर्नुु भएको कार्य सामान्य मान्न सकिंदैन । प्राज्ञ देवी नेपालका छन्दकृतिलाई सुुक्ष्म रुपमा अध्ययन र अनुुसन्धान गरेर कृति प्रकाशन गरिएको छ ।

आध्यात्म रामायणको उत्तर खण्डमा संस्कृत भाषाको ६२ श्लोकमा रहेको ‘राम गीता’ धर्मविज्ञानलगायत नैतिक शिक्षामा आधारित पुुस्तकको सारका रुपमा लिन सकिन्छ । साहित्यकार मोदनाथ प्रश्रितले आध्यात्मवाद र भौतिकवादका सकारात्मक तथा नकारात्मक दुुबै पक्षलाई सरल तरिकाले प्रस्तुत गरिएको कृतिले रामायणकालीन समयको आध्यात्मिक चेतना र जीवनको ध्येय बुुझ्न सहयोग पुु¥याउने विश्वास व्यक्त गर्नुुभयो ।

आध्यात्मिक ज्ञानका विभिन्न रहस्यका स्रोतमा वेद, पुराण, उपनिषद् भागवत गीता आदि ग्रन्थ संस्कृत भाषामा लेखिएको भए पनि पछिल्लो समय संस्कृत भाषा लोप हुँदै गएकाले अमूल्य आध्यात्मिक ज्ञान र शक्ति कमजोर हुने अवस्था आएकाले मानिसमा विचार, विवेक, आचरण पनि लोप हुँदै छन् । भौतिकवादको वर्चश्व बढेको अहिलेको समयमा हत्या, हिंसा, अराजकताजस्ता नयाँ समस्या उत्पन्न हुुनुका साथै आध्यात्मिक चेतनाको अभावले विश्वले युद्धको जुन विभीषिका भोग्नुपरेको छ त्यसको अन्त्य गर्नुपर्नेमा लेखकले रचनामार्फत जोड दिएको पूर्व शिक्षामन्त्री समेत रहनुुभएका प्रश्रितले बताउनुुभयो ।

सनातन परम्परा तथा वैदिक सभ्यताले निर्दिष्ट गरेका सैद्धान्तिक आधारमा मानव सभ्यताले अहिले विज्ञानको प्रयोगबाट गरिरहेका भौतिक विकास संभव भएको सन्देश फैलाउन खोजिएको कृतिमा भौतिक विज्ञान बाहिरी ज्ञान हो भने आध्यात्मिक शिक्षा आन्तरिक ज्ञान भएको विश्लेषण छ ।

यी दुुबै ज्ञानकाबीचमा अन्योन्यास्रित सम्बन्ध भएकाले भौतिक ज्ञानको विकासका क्रममा आध्यात्मिक ज्ञानको स्रोत संस्कृत भाषा, साहित्यको विकास तथा खोज अनुसन्धानलाई अगाडि बढाउन कृति केन्द्रित छ । जगतलाई सांसारिक, भौतिक, मानसिक तथा जन्म मृत्युका दुःखद चक्रबाट मुक्ति दिलाउन योग वेदान्त, उपनिषद्लगायत आध्यात्मिक दर्शन तथा स्वर्ग मोक्षको उदाहरण यसमा प्रष्ट पाइन्छ । अज्ञानको नाश ज्ञानबाट मात्र हुन सक्ने, गुरुको महत्व, संसार चक्र, जीवात्मा र परमात्मको एकत्व, भक्ति, ब्रम्हज्ञानको महत्व, सगुण र निर्गुण, आत्म र आत्म ज्ञान, जीवन मुक्ति, संसार भय र शोकको कारणलगायत विषयवस्तुलाई कृतिमा गहन रुपमा प्रस्तुत गरिएको छ ।

तत्कालिन नेपाल महेन्द्र साँस्कृतिक विश्वविद्यालयका उपकुलपति माधवराज गौतमले आध्यात्मिक दर्शन र साँस्कृतिक क्षेत्रको समृद्धिको क्षेत्रमा कृतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनभयो । लेखक गौतमले आफ्नो जीवनका अनुभव र उतरचडावलाई बिम्ब बनाएर कृति प्रकाशन गरेको बताउँदै आध्यात्मवाद र भौतिकवादको महत्व रहेको विचार व्यक्त गर्नुभयो ।

फाईल तस्विर: लेखकबाट कीर्तिपुर स्थित केन्द्रीय पुस्तकालयका प्रमुख आईपी अधिकारीलाई कृति उपहार प्रदान ।

प्रतिक्रिया दिनुहोस्