गायक खेम सेन्चुरीको आवाजमा ‘झलिको आउँदैन र’ अब बजारमा (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं, असोज ३० । लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक खेम सेन्चुरी र शान्ति श्रीपरियारको आवाजमा रहेको नयाँ गीत “झलिको आउँदैन र ” सार्बजनिक भएको छ । गीत भर्खरै मात्र बजारमा आएको हो ।

गीतको मुख्य भूमिकामा गायक स्वयंम सेन्चुरी र सगुन शाहीले अभिनय गरेका छन् । अहिलेको युवा पुस्ताको माया प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ ।नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली बजारमा ल्याएर दर्शकको रोजाइमा पर्न सफल गायक खेम सेन्चुरीको अभिनय पनि त्यतिकै नै उत्कृष्ठ रहेको छ । गीत पनि त्यतिकै राम्र्रो बनेर बजारमा आएको छ । गीतमा दुखका शब्दले भरिएको हुँदा सुन्दा निकै मार्मीक खालको रहेको छ । उसो त गाएक सेन्चुरीको आवाज नै मीर्मीक र मर्मस्पशी छ ।

दैनिकजसो गायक सेन्चुरीका नयाँ नयाँ गीतहरु बजारमा आइरहेका छन्, जसको लय, शब्द तथा आवाजले दोहोरीमा तहल्का पिटिरहेको छ । यता गायीका शान्ति श्रीपरियारको आवाज पनि त्यतिकै सुमधुर छ । उनका गीतले पनि बजार तताउने गर्छ ।

पछिल्लो समय नेपाली सांगीतीक बजारमा निकै रा्रम्रा गीत आउने क्रम जारी छ । खेम सेन्चुरीका गतिले भने दर्शकको माया निकै पाउने गरेको छ । यो गीतले पनि माया पाइरहेको छ । दर्शकले उक्त गीतलाई मन पराएको र माया गरिदिएको सेन्चुरी बताउँछन् ।

हेर्नुहोस् भिडियो:

 

प्रतिक्रिया दिनुहोस्