थप ३१ सय ६७ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै थपिए १७४६ संक्रमित

काठमाडौं, कार्तिक १ । नेपालमा पछिल्ले २४ घण्टामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए।

उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए।यता काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्