कुँवरद्वारा १५ सय जनालाई राहत वितरण, सरकारलाई समेत प्रेरित

काठमाडौं,१ कार्तिक । सामाजिक अभियन्ता तथा समाजसेवी ताराबहादुर कुँवरले २४औं पटकमा १५ सय जनालाई राहत वितरण गरेरे सरकारलाई समेत प्रेरित गर्नुभएको छ ।

मन र धनका धनी भएका कुँवरले आज २४औं चरणको राहत वितरण गर्नुभएको छ । विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइसर (कोभिड १९) को समेत प्रवाह नगरी दैनिक जीवन यापन गर्न कठिन भएका, बिरामी तथा अशक्त व्यक्तीलाई बोलाई उहाँले राहत वितरण गर्दै आउनु भएकोछ । राहत स्वरुप दाल, चामल, तेललगायतका खाद्य सामग्री उपलव्ध गराइएको छ ।

चक्रपथ सरसफाई अभियानको १७५ औं हप्ताकोे अवसरमा शनिबार एक कार्यक्रमकाबीच कुँवरले २४औं पटक गरेरे १५ सय जनालाई राहत वितरण गर्नुभई सरकारलाई समेत प्रेरित गर्नुभएको हो ।
राहत वितरण गर्दै उहाँले कोरोना भाइरसको त्रासपछि भएको लकडाउन, निषेधाज्ञासहित मानिसको दैनिकी संकटपूर्ण भएकोले राहत वितरण गरेको बताउनुभयो । उहाँले राहत वितरणसँगै ५औं पटकसम्म रक्तदान अभिायन पनि चलाएको बताउनुभयो । कोरोनाले आफ्नो व्यवसाय चौपट भएको अवस्थामा पनि दृढ इच्छा शक्तिका काराण यो समाजीक कार्य संभव भएको उहाँले बताउनुभयो ।
उक्त ५ पटकमा १ सय ६३ जनाले रक्तदान गसिसकेको उहाँले जानकारी दिनुभयो ।

रहत वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले कोरोना भाइरसको संक्रमणका बावजुद्ध पनि कुँबरले लकडाउन, निषेधाज्ञा समेतको प्रवाह नगरी समाज सेवामा समर्पित भएकोप्रति आफू अचम्मित भएको बताउनुभयो । उहाँले सरकारले समेत गर्न नसकेको अभियान चलाई समाजमा दैनिक जीवन यापन गर्न कठिनाइमा परेका परिवारलाई रहत वितरण गरेर प्रसंसनीय कार्य गरेको बताउनुभयो । मन र धन दुबै भएका कुँबारको अभियानलाई सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

कुँवर नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्