कोरोनाबाट थप १२ संक्रमितको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ७२७ पुग्यो

काठमाडौं , कार्तिक १ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२७ पुगेको छ । शुत्ररबार २१ जनाको मृत्यु भएको थियो ।

यसैबीच देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हालसम्म ८९ हजार ८४० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८०० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३८ हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी हाल चार हजार ७१५ सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्