प्रधानमन्त्रीले गरे कर्णालीका नेताहरुसँग छलफल, दिए यस्तो निर्देशन

काठमाडौं, कार्तिक १ । देश कोरोनासँग जुधिरहेका बेला नेता भने विवाद मिलाउनमै व्यस्त छन् । कहिले कुर्चीको लागि त कहिले पार्टीको विवादमा समय बिताइरहेका छन् । यता जनता भने कोरोनाको मारमा छन् । यसका लागि सरकारले ठोस कदम चाल्न सकेको छैन । दिहुँ कोरोनाका संक्रमीत ठुलो संख्यामा फेला परिरहेका छन् ।कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर भएको जनाताले महसुश नै गरेका छैनन् ।

रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर भएको देखिदैन मात्रै पार्टीका समस्यामा अल्झिरहेको छ ।कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिदै गएको छ। सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि आफ्नै पार्टीका समस्या र चुनौतीमा रमलीएको छ ।

यति बेला नेकपामा अर्को विवाद बल्झिएको छ । यहि विवादमा व्यस्त छन् नेता ! मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको हो ! सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ । यसैबीच यहि विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेशका नेकपाका नेताहरुबीच छलफल भएको छ।

नेकपाका कर्णाली प्रदेश दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वास प्रस्ताव राख्ने र पछि फिर्ता लिने नेतासँग प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल गरेका हुन्। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् ।

साथै उनले सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताए । ‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले भने ।यता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएनन् ।

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ(आफ्नो धारणा राखेका थिए ।मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि कर्णाली प्रदेशमा देखिएको विवाद समधानका लागि अध्यक्ष ओली र प्रचण्डले दुवै पक्षका नेतालाई काठमाडौँ बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्