माछापुच्छ्रे् बैंकको साधारण सभा स्थगित, यस कारण भयो

काठमाडौं , कर्तिक १ । माछापुच्छ्रे् बैंकको साधारण सभा स्थगित भएको छ । बैंकले कात्तिक ६ गते बोलाएको वार्षिक साधारण सभा स्थगित गरेको हो । बैंकको शुक्रबार(असोज ३० गते) बसेको बैंकको सञ्चालक समिति बैठकले अहिले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रास र आसन्न चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

सरकारले एक ठाँउमा धेरै जना भन्दा बढी मान्छे भेला नहुन निर्देशन दिएकाले सोही निर्णयलाई आधार मान्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको बैंकको भनाई छ ।

बैंकले गत वर्षको नाफाबाट ७.०३५ बोनस सेयर र ३.३७५ नगद लाभांश ९करसहित० वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ ।

असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।बैंकको २२ औं साधारणसभा मिति २०७७ कार्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्