आईपीएलमा दुई खेल हुँदै , जित्‍नैपर्ने दबाबमा पन्जाब

काठमाडौं, कार्तिक २ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्‌वान्टी क्रिकेटअन्तर्गत आज ९आइतबार० दुई खेल हुँदै छन् ।

आज हुने खेलमा साबिकको विजेता टोली मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७स्४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै पन्जाब अघिल्लो चरण प्रवेशका लागि आफ्नो सम्भावना बाँकी राख्‍ने योजनामा छ । तालिकामा ८ खेल खेलेको पन्जाबले दुई खेलमा जित निकालेको छ । अघिल्लो चरण प्रवेशका लागि आफ्नो स्थान कायम राख्‍न टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

लिगमा आठ खेल खेलेको पन्जाब ४ अंकका साथ तालिकाको पुछारमा छ । १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई आजको खेलमा जित निकाल्ने योजनामा छ ।

आज हुने पहिलो खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३स्४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्