पहिरोले पुरिएर ११ सैनिकको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं, कार्तिक ३ । मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् ।

एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पहिरोले पुरेको हो । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ ।

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जान सक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन् ।

कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा एक सातामा मात्रै त्यहाँ कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्