दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौं , कार्तिक ३ । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । गत साता करिब ३० अंकले घटेको र यो साता पनि आइतबार ५ अंकभन्दा बढीले ओरालो लागेको नेप्से आज दोस्रो दिन सोमबार भने दोहोरो अंकले बढेको हो ।

आइतबार ओरालो नेप्से परिसूचक सोमबार भने १३ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेकका सबै उपससमूहहरुमा हरियाली छाएका छनएका छन् ।

व्यापार भने झिनो अंकले ओरालो लागेर राताम्मे देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगन सकेन ।दिनभर भएका १५ हजार ४ सय ७८ कारोबारबाट १८९ कम्पनीका ३३ लाख ५३ हजार २ सय १ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपैयाँमा रोकिएको छ ।यता व्यापारबाहेक नेप्सेमा सबै समूहको सूचक वृद्धि हुँदा बजार परिसूचक पनि उल्लेख्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्