थप ३ हजार ७९० मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं , कात्तिक ३ । नेपालमा बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्