दशैंको बिदा अवधिमा बैंक नखुल्ने

काठमाडौं, ४ असोज । यसपटक दशैंको बिदा अवधिमा बैंक नखुल्ने भएको छ । विगतको वर्षहरुमा दशैंको अवधिमा पनि आलोपालो वा सन्ध्याकालिन सेवा दिंदै अएका बैंकहरुले यसपट कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले एक बिज्ञप्ति जारी गर्दै कोभिड १९ का कारण बैंकका कर्मचारी समेत प्रभावित भएकाले सो समयमा शाखा खोल्न नसकिने स्पष्ट पारेको छ ।

संघले बैंका ३७०० भन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण भएको जनाउदै बैंकका शाखा नखुले पनि डिजिटल बैंकिङ र एटीम सेवा भने नियमित जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्