मंगलबार थप ३ हजार ९३ मा संक्रमित

काठमाडौं, ४ असोज । कोरोना संक्रमितको संख्या दिनानुदिन बेढ्दै गएको छ । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ। थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्