एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

 

काठमाडौं ५, कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६।०७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकले वितरण गर्न लागेको २० प्रतिशत लाभांस मध्ये १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

बाणिज्य बैंकहरु मध्ये आ.व. २०७६।०७७ को लाभांश वितरण गर्ने पाँचौ बैंक भएको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्