अरिङ्‍गालले चिल्दा डोटीम दिदी-बहिनीको मृत्यु

काठमाडौं, कार्तिक १२ । डोटीमा अरिङ्‍गालले चिल्दा दिदी-बहिनीको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिका १, छपालीमा अरिङ्‍गालले चिल्दा एकै परिवारका दुई बालिकको मृत्यु भएको होछ ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी ५ वर्षीया मनीषा र ३ वर्षीया सिर्जना रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घरनजिकैको रुखमा बसेको अरिङ्‌गालले टोकेर ९चिलेर० सख्त घाइते भएका दिदीबहिनीलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय प्रेमबहादुर नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्