कोरोनाबाट थप ११ जनाको मृत्यु, २४ घण्टामा २ हजार ९८१ जना डिस्चार्ज

काठमाडौं , कार्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो ।योसँगे कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

सोमबार देशभर १४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।आइतबार कोरोा भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार नौ सय ८१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ ।

अब नेपालमा ३९ हजार ६ सय ४३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार आठ सय ८९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्