भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने, किन रोकियो ?

काठमाडौं , कार्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन्।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने भएको छ।

प्रतिक्रिया दिनुहोस्