अब आजदेखि सबै टेलिभिजनमा आइपीएल हेर्न पाइने

काठमाडौं, कार्तिक १२ । अब आजदेखि सबै टेलिभिजनमा आइपीएल हेर्न पाइने भएको छ । यो खेलाडीहरुका लागि खुशिको कुरा हो ।

क्लिनफिडका कारण नेपालमा रोकिएको इन्डियन प्रिमियर लिग९आइपीएल०को प्रत्यक्ष प्रशारण गर्ने टीभी च्यानलहरुको प्रशारण आजबाट हुने भएको छ।यो सँगै टेलिभिजनमा आइपीएल हेर्न पाइने भएको हो ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले आजदेखि स्टार टेलिभिजन नेटवर्कले आफ्ना च्यानल विज्ञापनरहित नेपाललाई उपलब्ध गराउने व्यवस्था गरेको बताए।

बुधबारदेखि डिसहोम सहित अन्य नेपाली केवल प्रदायकले समेत आईपिएल प्रशारण गर्ने आचार्यले बताए।आइपीएलको प्रत्यक्ष प्रशारण स्टार टेलिभिजन नेटवर्कले गर्दै आएको छ।

स्टार नेटवर्कले आइपीएल प्रशारणको दौरान विज्ञापन समेत प्रशारण गर्ने भएपछि उसका च्यानलहरु नेपालमा प्रशारण रोकिएका थिए।

प्रतिक्रिया दिनुहोस्