पार्टी फुट अनुचित, एकताका लागि नेतृत्वलाई दवाव दिन नेता तथा कार्यकर्तालाई प्रवक्ताको अपिल

काठमाडौँ, १७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीमा विवाद भइरहेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताबाट पछि नहट्नका लागि नेतृत्वलाई दवाव दिन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

पार्टी एकता एक महान उदेश्यसाथ र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको बताउँदै उनले यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन भनेका छन्।

प्रवक्ताले फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुद्ध हुने। त्यसको रक्षाको लागि पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र नेकपा नेता तथा कार्यकर्तालाई उनले अपिल गरेका हुन। उनले भनेका छन्, हामिले हासिल गरेको अहिलेसम्मको सफतालाई निरन्तर अगाडी बढाउनु पर्छ ।

बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन, फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुद्ध हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं । पार्टी भित्र देखिएको छलफल ,वहस र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालनमा सबैको समान धारणा बनाऔं । यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबध्द भएर पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन लागौं । ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र देश,जनता कसैको हित गर्दैन । पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं।

प्रतिक्रिया दिनुहोस्