वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं, कार्तिक १९ । वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

अस्पतालका आन्दोलित कर्मचारीहरूले आफ्ना माग पूरा गर्न अस्पताल पदाधिकारीलाई निरन्तर आग्रह गर्दा पनि कुनै सुनुवाइ नै नभएको भन्दै सामूहिक राजनीनामा दिएको जनाएका छन्।

उनीहरू एक विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा घोषणा गरेका छन्।

कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरू कात्तिक २ गतेदेखि आन्दोलित थिए।

उनीहरूले आफूहरूलाई ज्यालादारी भनेर दसैंतिहारको भत्ता नदिएको, एक दिनको तलब कटारेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र अस्पताल प्रशासनले घम्किपूर्ण भाषामा २४ सै घन्टा काममा खटाएकाले सामूहिक राजीनामा दिनुपरेको विज्ञप्तिमा उल्लेख छ।

इमर्जेन्सी बिभागका १६ मेडिकल अधिकृतहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्