संक्रमण देखिँदा आफूखुशी औषधि नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, कार्तिक १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए ।उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे ।

उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका कार्य गरेर समय व्यतित गर्न पनि आग्रह गरे ।

डा गौतमलले कोरोना संक्रमणको लक्षण मध्ये स्वाद हराउनु पनि भएकाले खाना मन नलागे पनि प्रतिरोधात्मक शक्ति बढाउन स्वस्थकर खाना खान पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्