आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै

काठमाडौं , कार्तिक २० । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटअन्तर्गत आज ९बिहीबार० पहिलो क्‍वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

साबिकको विजेता समेत रहेको मुम्बईले दिल्लीसँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

साबिकको विजेता मुम्बई आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । उपाधि दाबेदारसमेत मानिएको मुम्बईलाई आजको खेलमा जित निकाल्दै अघि बढ्ने योजनामा छ ।

आजको खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्‍वालिफायर खेल्नेछ । दुई टोलीबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

पहिलोपटक उपाधिका लागि दाबेदारी प्रस्तुत गर्ने दिल्लीको योजना छ । दिल्लीले आजसम्म आईपीएलको उपाधि जित्‍न सकेको छैन । त्यसैले आजको खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेर आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्ने दिल्लीलाई मौका छ ।

यता चारपटकको विजेता टोली मुम्बई यो सिजन पनि उपाधि आफ्नो पोल्टोमा पार्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्