नेपाल भारत सम्बन्ध: समस्या संवादमार्फत समाधान गर्न प्रधानमन्त्रीको आग्रह

 

काठमाडौँ, कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे । साथै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच देखिएको समस्यालाई संवादमार्फत समाधान गर्न आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका भारतीय सेनाअध्यक्ष मनोज मुकन्द नरवणेसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदियौंं पुरानो विशिष्ठ सम्बन्ध रहेको धारणा राखेको प्रधानमन्त्रीका नीजि सचिवालय सदस्य रामशरण बजगाँईले बताए ।

प्रतिक्रिया दिनुहोस्