सलमान र शाहरुखलाई फेरि एउटै फिल्ममा देख्न सकिने

काठमाडौं, कार्तिक २३ । आज पनि दर्शकले सलमान र शाहरुखलाई एउटै फिल्ममा हेर्न चाहन्छन् ।
बलिउडमा यस्ता स्टार छन्, जसलाई दर्शकले एउटै पर्दामा देख्न चाहन्छन् । त्यो लिस्टमा सलमान खान र शाहरुख खानको नाम पनि सामेल छ ।

पछिल्लो लामो समय सलमान र शाहरुख एउटै फिल्ममा देखिएका छैनन् । अब भने यी दुईलाई एउटै फिल्ममा देख्न सकिने भएको छ ।हालै खबर आएको छ कि, शाहरुख खान र सलमान खानले एकसाथ फिल्म्मा काम गर्न लागेका छन् । तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

मुम्बई मिररको एक रिपोर्टअनुसार सलमान खान र शाहरुख खानले एकसाथ फिल्म ‘पठान’ मा काम गर्दैछन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ ।

यसअघि सलमान र शाहरुखलाई फिल्म कुछ कुछ होता है, ओम शान्ति ओम लगायतका फिल्ममा एकसाथ देखिएको थियो । यस्तै सलमान खानको ट्युबलाइट मा पनि शाहरुख खानको सानो भूमिका थियो ।

यता शाहरुख खानले त लामो समयदेखि फिल्ममा काम गरेका पनि छैनन् । उनले सन् २०१८ मा रिलिज भएको ‘जिरो’ फिल्मपछि काम गरेका छैनन् ।शाहरुखले अन्य कैयन् प्रोजेक्ट पनि रिजेक्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्