नेकपा विवादः फुटेर होइन जुटेर देश निर्माणमा लागौं नेता ज्यु !

पार्वती पाठक, काठमाडौं, २५ कार्तिक । पछिल्लो समय नेपालको राजनीतिमा उथलपुथल आएको छ । एक अर्काप्रति अन्तरविरोध चलीरहेको छ अझ तोकेरै भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीमा । नेकपाभित्र निकै विवाद उत्पन्न भएसँगै एक अर्काप्रति अन्तरविरोध चलीरहेको हो याहाँ सम्म कि अहिले सबैको ध्यान केन्द्रीत गरेको छ । विकास निर्माण र राष्ट्र र जनताको समस्याप्रति सरकार जिम्मेवार भइ सोच्न समृत समय छैन । पार्टीमा यसरी अन्तरविरोध चलीरहदा कतिपयले नता तथा कार्याकताको लागि चिन्ताको विषय भएको भन्दै मिल्न पनि आग्रह गरेरिहेका छन् ।

बहुमतको सरकार रहेको पार्टीमा आरोप र पत्यारोपसँगै किचलो सुरु भएको हो । बेलाबखत नेकपामा यस्ता विवाद आइरहने गर्छन तर पछिल्लो समय भने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच निकै मनमुटाव उत्पन्न भएको छ । यहा सम्म कि पार्टी फुट्ने सम्म अवस्थामा पुगीसकेको छ । बैठक बेलाउन शिर्षनेताहरुले माग गरेपनि ओलीले भने चासो दिएका छैनन् । विवाद सामाधानका लागि बैठक बोलाउन उनीहरुले माग गरेका हुन तर ओलीले भने यस बारे कुनै योजना सुनाएका छैनन् यता छलफललाई भने अगी बढाएका छन् ।

अरु देशको हकमा भन्ने हो भने नेपालका नेताहरुको ध्यान पार्टीमा आएको विवाद मिलाउन र कुर्चिकै लोभ र लालचमा दिन जाने गरेको छ । देश र जनताका समस्यामा त्यति ध्यान जान छैन । पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गर्न सक्नु पर्छ ।

संयम् धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण लाग्न पर्ने हुन्छ तर नेपालका नेतामा धैर्यता छकि छैन तपाई/हामीले मुल्याङ्क गरिसकेका छौ । संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन । उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल हुँदैन । यसले त झनै विवादलाई सरल होइन जटिल बनाउँछ । पार्टी विधान बमोजिम त्यसको समाधानमा आवश्यक पर्दछ ।

पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्छ अनि मात्रै एकढिक्का भएर अगाडि बढ्न सकिन्छ । पार्टीमा उत्पन्न विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुले पनि सक्रियता बढाएका छन् तर विवाद ज्युंका त्यु छ । एकातिर कोरोनाको महामारीको समयमा भएको विवादले सत्तारूढ दल आलोचितसमेत भएको छ । अबको विकल्प नेकपामा बढेको राजनीतिक ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल गरेर अगाडि बढ्नु नै आजको टड्कारो आवश्यकता हो । ।

लोभ, लालचलाई छोडेर देश र जनताको समस्यातिर ध्यान दिने हो भने नेपालमा विकास निर्माणले स्थान पाउने थियो, तर यसमा ध्यान जाने नेता नै नैपालमा छैनन् भन्दा फरक नपर्ला । समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न पार्टी एकता हुन जरुरी छ , फुटेर होइन जुटेर देश निमार्णमा लागौं नेता ज्यु । तर देश हाक्ने नेता नै फुट्को संघारमा छन अहिले ।

नेपाल जस्तो गरिब देशमा यस्ता नेता जब सम्म आन्तरिक विवादमा बराल्लि रहन्छ, तब सम्म विकास पनि हुँदैन र परिवर्तनको संवाहक हुन सक्दैन । नेपाल अगाडि पनि जान सक्दैन त्यसैले नेताहरुले अब सके आफुले नसके नयाँ पुस्तालाई अवसर दिन पर्छ । या त कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न पर्छ । अनि मात्रै देशको विकास समृद्ध नेपाल बन्न सक्छ । नेताहरुको ध्यान यतातिर जानु जुरुरीछ ।

प्रतिक्रिया दिनुहोस्