सरकारले दियो खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति

काठमाडौं , कार्तिक २५ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गत चैतदेखि बन्द भएका खेलकुद गतिविधिहरु सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेसँगै बन्द भएका खेलकुद प्रशिक्षणहरु सुरु हुने भएका छन् । खेलकुद गतिविधिहरु संञ्चालन गर्नको लागि स्वास्थ्य प्रोटोकल भने अपनाउनु पर्ने छ ।

गत चैतमा सरकारले लकडाउन गर्दा खेलकुद गतिविधिहरु ठप्प भएका थिए । त्यसपछि सरकारलेबीचमा लकडाउन खोले पनि खेलकुद गतिविधिहरु भने सञ्चालनमा आउन सकेका थिएनन् । नेपाली फुटबल टोलीले भने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले पनि भदौ १ गतेबाट खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो । त्यसपछि पनि कुनै खाले प्रतियोगिता हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्