अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गरिने

काठमाडौं, कार्तिक २६ । अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गरिने भएको छ ।. सरकारले कोभिड १९ को परीक्षण र उपचार गर्न सूचीकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ का लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नेपाल सरकारले परीक्षण र उपचारका विषयमा गरेको निर्णय संशोधन गर्दै कोरोना परीक्षण र उपचार पुनः निशूल्क गर्ने निर्णय भएको जानकारी दिए ।

तर कोरोना बीमा गरेका व्यक्तिहरुको हकमा भने सबै परीक्षण र उपचार खर्च व्यक्तिको बीमा रकमबाट भुक्तानी गरिनुपर्ने पनि जानकारी दिए । डा गौतमले सक्षम र इच्छुक व्यक्तिले परीक्षण र उपचारमा शुल्क तिरेर योगदान गर्न सक्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्