सञ्चारकर्मी विवेक लोप्चनको शब्द संकलनमा ‘कान्छिला जवानी’ अब बजारमा( भिडियोसिहत)

काठमाडौँ , कार्तिक २६ । सञ्चारकर्मी विवेक लोप्चनको शब्द संकलनमा ‘कान्छिला जवानी’ गीत सार्वजनिक भएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । कान्छिला जवानीको अडियो अनि विडियो एकदम मन पाराएको प्रतिक्रिया दर्शकले दिएका छन् । गीत बजारमा सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएका छन् ।

गीतमा गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाज रहेको छ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर -२ ) बोलको गीत बजारमा आएको हो ।गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी र निर्देशन, मनोज कार्कीले सम्पादन र कलर गरेका हुन ।

भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा लामा, सुजता तामाङको अभिनय रहेको छ भने तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङ गेस्ट आर्टिस्टको रुपमा अभिनय रहेको देख्नसकिन्छ ।

गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन भने जेम्स जिम्बाले र्याप कम्पोज गरेका हुन ।

हेर्नुहोस् भिडियो:

 

 

प्रतिक्रिया दिनुहोस्