सन्दीप लामिछाने स्वदेश फर्किए, आईपीएलको एक खेल पनि खेल्न पाएनन्

काठमाडौं , कार्तिक २७ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

लामो समय मुलुकबाहिर रहेकोले सन्दीपले केही समय नेपालमै परिवारसंग समय बिताउने र त्यसपछि बिग बास लिग ९बीबीएल० का लागि अष्ट्रेलिया जाने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्