नेपाल लाइफले ल्यायो तिहारको शुभकामना गीत

काठमाडौं, कार्तिक २७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तिहारको शुभकामना गीत सार्वजनिक गरेको छ। कम्पनीले ‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैँ उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल’ बोलको सांगीतिक शुभकामना गीत ल्याएको हो।

नेपालीको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले शुभकामना गीत तयार गरेको हो। कम्पनीले गीतसँगै म्युजिक भिडियो पनि तयार पारेको छ।

शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा तथा बिमासम्बन्धी सचेतनामा समेत ध्यान खिचेको कम्पनीले जनाएको छ। आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बिमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत् सुझाइएको छ।

तिहार शुभकामना गीतको शब्द रचना मेघेन्द्रप्रकाश गिरीको हो। गीतमा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन्। संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन्।

गीतमा ‘बिमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ। त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउने उद्घोष गरिएको छ।यो गीतको भिडियो पनि उत्कृष्ठ बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने छ ।

महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदान गर्नुका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्